कास्की अपडेटः घान्द्रुक जाने बाटो अवरुद्ध, कतै घर भत्क्यो त कतै आगलागी

कास्की | असोज २१, २०७९

कास्की अपडेटः घान्द्रुक जाने बाटो अवरुद्ध, कतै घर भत्क्यो त कतै आगलागी

अविरल वर्षाकाकारण कास्कीका ४ गाउँपालिकाको जनजीवन धेरथोर असमान्य भएको छ । 

 

हालसम्मको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकाअन्तरगत घान्द्रुक जाने बाटो अवरुद्ध भएको छ । यस सडकखण्डको घाम्लेबाट केही तल पहिरोकाकारण सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । 

 

त्यस क्षेत्रमा बाटो खुलाउन गाउँपालिका र स्थानीयवासी जुटिरहेका छन् । तर अविरल वर्षाले कठिनाई भएको अध्यक्ष केसीले जनाए । 

 

हरसम्भव प्रयास भइँरहे पनि आज बाटो खुलाउन सम्भव नहुने उनको भनाई छ । 

 

घान्द्रुकमा हाल पर्यटक नभएपनि स्थानीयलाई भने असहज भएको उनले बताए । 

 

त्यस्तै, बनठाँटी जाने बाटोमा पनि माथिबाट पहिरो आएकाले अवरुद्ध भएको छ । पदमार्ग क्षेत्रमा क्षति भएपनि पर्यटकहरु नभएको उनको भनाई छ । 

 

यसबाहेक अन्य कुनै क्षति नभएको र विपद् परिहाले यथाशक्य चाँडो उद्धार र राहतकालागि पालिका सदस्य र स्थानीय तयारी अवस्थामा रहेको अध्यक्ष केसीले बताएका छन् । 

 

त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाअन्तरगत मर्दी पदमार्गमा पर्ने चोरखोल्सा भन्ने स्थानमा बाटो अवरुद्ध भएपनि अहिले स्थानीयको प्रयासमा खुलाइएको छ । 

 

यसबाहेक पालिकामा अन्य कुनै घटना नघटेको अध्यक्ष मिनबहादुर गुरुङले जनाएका छन् ।

 

गुरुङका अनुसार पालिकाभित्र जनजीवन सामान्य छ भने मर्दी पदयात्रामा पर्यटक नभएकाकारण कुनै विपद्को खबर छैन । 

 

‘बाटोघाटो, मान्छे, वस्तुभाउ र खेतिपातीमा अहिलेसम्म कुनै क्षति भएको छैन’ अध्यक्ष गुरुङले भने ‘हामी सूचना संकलन र सहायताकालागि निरन्तर अपडेटमा छौं ।

 

यसैगरी, रुपा गाउँपालिकाको बेगनास–भोर्लेटार सडक खण्डमा क्षति भएको छ । 

 

उक्त क्षेत्रमा सडक खुलाउन स्थानीयवासीको पहलमा भर्खरै एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी बाटो खुलाइएको छ । तरपनि निरन्तरको वर्षाले पुनः अवरोध हुनसक्ने गापा अध्यक्ष नवराज ओझाले बताएका छन् । 

 

यसबाहेक हालसम्म रुपा क्षेत्रको जनजीवन सामान्य रहेको उनले जनाए । 

 

यता, मादीमा भने मध्यपहाडी लोकमार्गअन्तरगत मिजुरेमा पहिरो जाँदा त्यहाँ सवारीसाधन चल्न सकेको छैन । यातायात ठप्पै नभएपनि बाटो खुलाउँदै सवारी चलाउने काम भने भइरहेको छ । 
 

 

गापा अध्यक्ष देविजंग गुरुङका अनुसार निरन्तरको पानी र चाडले गर्दा काम गर्ने मान्छेको अभाव हुँदा सडक खुलाउन अप्ठेरो परेको छ । 

 

‘अहिले लोकमार्गका कामदार पनि छैनन्, हामीले सकेको प्रयास गरिरहेका छौं’ अध्यक्ष गुरुङले भने । 

 

त्यस्तै, मादीको वडानम्बर ३ मा २ तले पक्कीघर भत्किएको छ । घर भत्किएर पूर्ण क्षति भएको बताउँदै अध्यक्ष गुरुङले मानवीय क्षति भने नभएको बताएका छन् । 
 

 

गापाकै वडा ५ मा एक कटेरोमा आगलागी भएको छ । वस्तुभाउ राख्ने कटेरोमा आगो लागेको जानकारी गराउँदै गुरुङले अन्य क्षति हुन नपाएको बताए । 

 

‘यहाँ प्रतिकुल मौसम छ, हामी सकेसम्म सबै वडाको जानकारी लिइरहेका छौं’ गुरुङ भन्छन् ‘हामीले गापा, स्थानीयवासी र जिल्लामा समेत सम्पर्कमा छौं, केही भइहाले राहत र उद्धारमा केन्द्रीत हुन सबैलाई सूचना पठाएका छौं । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्